शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा एक युवतीको करणी भएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीको करणी भएको हो। करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएकी ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ । घट्नाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसलाई पक्राउ गरेको छ ।