नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

शेयेर गर्नुहोस

दिल्ली । नेपाल भारत मैत्री संगठनले दोश्रो अन्तराष्ट्रिय नेपाल भारत मैत्री साँस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ ।

नेपाल भारत मैत्री संगठनका अन्तराष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहले दिल्लीमा शुक्रबार कार्यक्रमका बिच लोगो सार्वजनिक गर्नु भएको हो ।

लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताका बिचको सम्बन्धलाई थप समधुर बन्न मद्दत पुग्ने बताउनु भयो ।

लोगोमा दुबै देशको झण्डा सहित देश भेष भाषा अनेक फिर भी संस्कृति एक भन्ने स्लोगन उल्लेख गरिएको छ । साथै लोगोमा भगवान श्रीकृष्णको नगरी वृन्दावन प्रतिबिम्बित हुने मयूरको प्वाख र बासुरीलाई बडो आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

तीन दिनसम्म चल्ने कार्यक्रम आगामी पुस २१ देखि सुरु हुने छ । नेपाल र भारतका गरी करिब पाँच सय जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने उक्त कार्यक्रममा नेपाल भारत मैत्री कन्क्लेभ मार्फत दुई देशका जनताका सरोकारसंग सम्बन्धित चार वटा कार्यपत्र माथि छलफल गरिने संगठनका नेपाल प्रभारी अर्चना सिंहले बताउनु भयो ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *