शेयेर गर्नुहोस
टीकापुर । कैलालीको घोडाघोडीमा आगो ताप्ने क्रममा आगोले पोलिएर ८० वर्षीय वृद्धको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नं. १० आमखोइयाका खड्क बडूवालको आगो ताप्नेक्रममा आगोले पोलिएर आइतबार राती मृत्यु भएको हो ।
बडूवालको शवलाई पोष्टर्माटमका लागी सेती प्रादेशिक अस्पताल धनगढी लगिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।










