कैलाली र कञ्चनपुरमा लागुऔषध बढ्योः एकैदिन ६ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली र कञ्चनपुरमा लागुऔषध बढेको छ । आज एकै दिन प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

दुवै जिल्लाका विभिन्न स्थानबाट बुधबार लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको भजनी नगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

भजनी नगरपालिका–३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका–१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहितका दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीले समेत लागुऔषध नियन्त्रणको प्रयास गर्दै आएको छ ।

ताजा खबर

किन चर्को घामबाट फर्केपछि तुरुन्तै चिसो पानी पिउनु हुन्न

पोषणको सामाजिक–राजनीतिक आयाम

घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन

amazed