शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागूऔषध चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आईतवार राति पक्राउ परेका हुन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।















