भन्सार छलिका सामानसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीबाट भन्सार छलिका सामानसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५० हजार ६ सय मूल्य बराबरको गाडीका बिभिन्न पाटपुर्जासहित धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय सुनिल चौधरीसहित दुई जना आईतवार दिउँसो पक्राउ परेका हुन् । प्रहरी गस्ती टोलीले फेला पारी कारवाहीका लागि सामानसहित उनीहरुलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाइएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट भन्सार छलिका अन्दाजी २८ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, ललिपप लगायतका समान आईतवार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ ।

ताजा खबर

नेपालसँग वेस्ट इन्डिज ‘ए’ ४ विकेटले पराजित

गोदावरीमा आगलागीबाट ५ लाखको क्षति

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य

कञ्चनपुरमा दुई घरमा आगलागी, धनमाल जलेर नष्ट

amazed