कैलालीको भजनीबाट एक लाख बढी भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

भजनी । कैलालीको भजनीबाट एक लाख भन्सार छलीका सामान बरामद गरिएको छ । भजनी नगरपालिका–४ कुडीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको सुर्ति, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाल लगायतका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका(३ भन्सार कार्यालय नजिकबाट अन्दाजी ५१ हजार १ सय ९०मूल्य बराबरको चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टा लगायतका समान गरी जम्मा अन्दाजी १ लाख ११ हजार १ सय ९० मुल्य बराबरको सामान प्रहरीले सोमवार बरामद गरेको छ । प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

amazed