कैलालीमा मोटरसाइकलले अटोलाई ठक्कर दिदाँ ५ जना घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा मोटरसाइकलले अटो रिक्सालाई ठक्कर दिएको छ ।

घोडाघोडी नगरपालिका–४ भालुफाँटामा शुक्रवार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको अटो रिक्सालाई पछाडीबाट मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकलले अटो रिक्सालाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

घोडाघोडी नगरपालिका–१ का कृष्ण गिरीले चलाएको से ४ प ९४१० नम्बरको मोटरसाइकलले सोही नगरपालिका–५ का विमला ऐरले चलाएको सुदरपश्चिम प्रदेश ०१००१ ह ५६६९ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

amazed