शेयेर गर्नुहोस
टीकापुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी सुन चाँदी व्यवसायी सङ्घको बिभिन्न पदमा बिभिन्न व्यक्तिहरु निर्विरोध चयन भएका छन् । सङ्घको ८ औँ वार्षिक उत्सव तथा चौथो चुनावी साधारण सभाले पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध चयन गरेको हो ।
घोडाघोडी सुन चाँदी व्यवसायी सङ्घको अध्यक्षमा दिनेश बहादुर सोव निर्विरोध चयन भएका छन् । त्यसै गरी उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा पदम सोब, उपाध्यक्षमा राम बहादुर विश्वकर्मा,महासचिवमा टिकाराम विश्वकर्मा, सचिवमा महेश सुनार र कोषाध्यक्ष राजेश सुनार सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरूमा क्रमशः सुरेश सुनार, झक बहादुर सुनार, अनिल सोब, जितु बि.क.र हिमाल सुनार सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सल्लाहकार संयोजक गणेश सुनार,वरिष्ठ सल्लाहकार सदस्य श्यामराज सुनार, मान बहादुर सुनार र सञ्जय बहादुर रसाइली चयन भएको कुरा जिल्ला सचिव प्रकाश भण्डारीले जानकारी दिए ।















