खड्ग मेमोरियल स्कुलको ३६ औं वार्षिकोत्सव सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर, ६ फागुन । खड्ग मेमोरियल सेकेन्डरी स्कुलको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य एवं वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ न्यौपानेको अध्यक्षतामा विद्यालयकै प्रांगणमा भएको वार्षिकोत्सव कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न अहम भुमिका निर्वाह गरेकोमा धन्यवाद एवं विचलित नभएर ३६ वर्षसम्म टिकिरहेकोमा बधाई दिदै विद्यालयहरु समय सापेक्ष अनुसार चल्नुपर्ने आवश्यक रहेको बताए । उनले पछिल्लो समय विद्यार्थीहरु लागुऔषध दुर्व्यसनीमा फसिरहेकाले अभिभावक र विद्यालयले विषेश ध्यान दिनुपर्ने बताउदै विद्यालयको थप उन्नति र विकासका लागि प्रदेश सरकारबाट गर्न सकिने कुराहरुका लागि पछि नहट्ने भन्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका शिक्षक ध्रुब गुरुङले सञ्चालन गरेको कार्यक्रममा शिक्षक राजेन्द्र गुरुङले स्वागत गरेका थिए । प्राध्यानाध्यापक हिरण्य प्रसाद शर्माले आगन्तुक सबैलाई धन्यवाद दिदै विद्यार्थी र अभिभावकको मायाले अगाडी बढ्न उत्साह आउने गरेको बताए । उनले विद्यार्थीलाई शिक्षा संगै संस्कार पनि चाहिएकाले त्यसैका लागि दिनप्रतिदिन लागि परेको बताउदै विद्यालयमा पिजि देखि कक्षा १२ सम्म १२ सय विद्यार्थीले अध्ययन गरिरहेको र उनीहरुकै सुनौलो भविष्यका लागि विद्यालय र शिक्षकहरु सधैं सक्रिय रहिआएको बताए ।

वार्षिकोत्सव कार्यक्रमकै अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । विद्यार्थीलाई पढाईसंगै अन्य क्रियाकलापमा सक्रिय हुन हौसलास्वरुप पुरस्कारसमेत वितरण गरिएको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed