निर्माण कम्पनीको ध्यान पूगोस्

शेयेर गर्नुहोस

टीकापुर–खक्रौला सडकमा निर्माण कम्पनीका ठेकेदारको मनपरीले स्थानीय नागरिक र आवत जावत गर्नेहरु मर्कामा परेका छन् । धुलाम्मे सडकमा ठेकेदारले पानी पनि नहाल्ने भएकाले उक्त बाटो हुँदै आवतजावत गर्नेहरुलाई समस्या हुने गरेको छ ।


यो सडक हुँदै छिमेकी जिल्ला बर्दिया र छिमेकी देश भारततर्फ सयौं नागरिक आवत– जावत गर्ने गर्दछन् । यही सडक हुँदै ग्रामीण क्षेत्रका नागरिकहरु टीकापुर बजारमा विभिन्न कामकाजले आउने जाने गर्दछन् । लामो समयदेखि काम भइरहेको यस सडकमा ठेकेदारको लापरबाहीले धुलाम्मे हुँदै नागरिकहरु यात्रा गर्न बाध्य छन् । धुलो नउडोस् भनेर सडकमा पानी हालिदिन आग्रह गर्दा समेत निर्माण कम्पनीले बेवास्ता गर्दै आइरहेको छ ।

धुलाम्मे सडकले गर्दा स्थानीय नागरिक र दैनिक यात्रा गरिरहनुपर्नेहरु विभिन्न रोगको सिकार भइ रहेका छन् । अब चर्को घाम लाग्ने दिन सुरु हुँदै गर्दा झन् धेरै धुलो उड्ने भएकाले नागरिकहरु चिन्तित छन् ।


निर्माण कम्पनीले आफैले यसतर्फ ध्यान दिनुपर्ने भएपनि अहिलेसम्म लापरबाही गरि रहेको छ । नागरिकले ध्यानाकर्षण गराउदा समेत बेवास्ता गरेको कम्पनीलाई स्थानीय तह लगायतका सम्बन्धित निकायहरुले केही भन्न नसक्दा ठेकेदार मनोबल बढेको छ ।


तसर्थ निर्माण कम्पनीको ठेकेदारलाई सम्बन्धित वडा कार्यालय र नगरपालिकाले सचेत गराउन आवश्यक छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *