तितेकरेला खानुहुन्छ ? खाँदा बनाउँछ यस्तो गम्भीर रोग निको !

शेयेर गर्नुहोस

काठमाडौं । तितेकरेला औषधीय गुणले भरिपूर्ण हुन्छ । करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस् । यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ ।

करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ। यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ। जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ।करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ ।

पत्थरीको समस्या : करेलाको रसले पत्थरीको समस्या हटाउँछ स्करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ । ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ ।

ग्याँसको उपचार : करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो । कलेजो बलियो बनाउँछस्करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ । यति मात्र नभई कलेजोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ ।

मधुमेह : रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ । मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ। एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ ।

ताजा खबर

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed