हेर्नुहोस् आजको तपाईको राशिफल !

शेयेर गर्नुहोस

हेर्नुहोस् आजको तपाईको राशिफल !

आज फागुन ११ गते शुक्रबार ! तपाईको दिन कस्तो बित्नेछ हेर्नुहोस आफ्नो राशिफल-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । स–साना समस्यामा अल्झनु पर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मालसामान हराउन पनि सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर लामो यात्रा नगरेकै जाती अतः लाभ मिल्ने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चाँहि राम्रो नहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

ताजा खबर

सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल प्रचारप्रसारको अभावमा ओझेलमा

अछाममा रुखबाट लडेर महिलाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *