बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ । बैतडी प्रहरीका अनुसार भेटघाटका लागि ससुराली गएका सिगास गाउँपालिका–३ गजिणका ५० वर्षीय देव लुहारको ससुरालीमै मृत्यु भएको हो ।

सिगास–९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर गएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ ।

उनी फागुन ९ गते गन्सुर गएको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *