पत्रकार मुकुन्द भण्डारीलाई यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार हस्तान्तरण तथा सम्मान

शेयेर गर्नुहोस

धनगढी । कैलाली जनपुस्तकालयले रेडियो नेपालका पत्रकार मुकुन्द भण्डारीलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरेको छ ।

पत्रकारिता मार्फत सुदूरपश्चिम क्षेत्रको भाषा संस्कृतिमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भण्डारीलाई जनपुस्तकालयले यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार हस्तान्तरण तथा सम्मान गरेको हो । उनलाई जनपुस्तकालयले शनिबार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी र यज्ञराज यात्रीले पुरस्कार हस्तान्तरण गरेको छ ।

पत्रकारिता मार्फत डोटेली भाषा,संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान दिएको भन्दै पुस्तकालयले भण्डारीलाई अभिनन्दन गरेको जन पुस्तकालयका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।जोशीले बताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा।जोशीले भण्डारीलाई नगद् १० हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरे । पत्रकार भण्डारी रेडियो नेपालबाट प्रशारण हुने डोटेली भाषाका सस्थापक समाचार बाचक तथा कार्यक्रमका प्रस्तोता हुन्।सम्मानित भएका भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चारकर्ममा सक्रिय छन् ।

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed