शेयेर गर्नुहोस
टीकापुर । कैलालीकि एक महिला ५ दिन देखि सम्पर्क विहिन छिन । गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन् । उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले जानकारी दिए ।
सम्पर्क विहिन भएकि सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए । उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए । भारतमा रहेका सुनीताका श्रीमान भने उनी हराएपछि घर आएको विनोदले बताए । सुनिताका ४ छोराछोरी रहेको बताइएको छ ।










