दुर्घटनामा ध्यान दिऔं

शेयेर गर्नुहोस

कैलाली जिल्लाका विभिन्न ठाउँमा दिनानुदिन सवारी दुर्घटना बढ्दै गएको छ । मोटरसाइकल दुर्घटना, सवारी एकआपसमा ठोक्किने, सडकमा पल्टिने, पैदल यात्रुलाई ठक्कर दिने क्रम बढ्दै गएका छ । ट्राफिक नियम पालना नगर्दा यस्ता दुर्घटना दिनप्रतिदिन हुने गरेका छन् जसले धेरैको नागरिक ज्यान जाने गर्छ ।


सवारीको गति तिब्र, मादक पदार्थ सेवन गरि सवारी चलाउने, सडकमा खाल्डाखुल्डी, सवारी साधनमा समस्या लगायत कारणले सडक दुर्घटना हुने गरेका छन् । ट्राफिक प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरेर सम्झाइबुझाइ गर्दा पनि यस्ता घटना कम भएका छैनन् । अझ पुर्व–पश्चिम राजमार्गमा त दिनहुँ जसो दुर्घटना भइरहन्छन् ।
प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रम लगायतका अभियान पनि गरिरहेकै हुन्छ । तर कतिपय ट्राफिक प्रहरी नै कागजात नहुँदासमेत सवारी चालकहरुसँग सेटिङ मिलाउदै छाडिदिने भएकाले राजमार्ग लगायत विभिन्न ठाउँमा दुर्घटना भइरहन्छन् ।


सडक दुर्घटना कम गर्न सर्वप्रथम सवारी चलाउने चालक सावधान हुन आवश्यक छ । यसका साथै ट्राफिक प्रहरीले इमानदारी तरिकाले चेकजाँचमा कडाइ गर्दै जाने हो भने सवारी चालक पनि होसियार हुन्छन् ।


तसर्थ, सवारी दुर्घटना न्यूनीकरण गर्न सबै नागरिकले आआफ्नो तह र तप्काबाट सक्दो प्रयास गर्नुपर्छ । मोटरसाइकल, स्कुटर चलाउनेहरुले तिब्र गतिमा नचालाउने हो भने दुर्घटना हुँदैन । अचानक हुने दुर्घटना बाहेक आफ्नै लापरबाहीले हुने दुर्घटना कम गर्न आफै सचेत हुन आवश्यक छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *