बझाङमा रुखबाट लडेर एक महिला घाइते

शेयेर गर्नुहोस

चैनपुर । बझाङमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् ।

जिल्लाको तल्कोट गाउँपालिका–४ स्याडाकी १८ वर्षीया रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन् । सोमबार साँझ घरनजिकै बाजको रुखबाट स्याउला काट्ने क्रममा उनी लडेकी थिइन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै बझाङमै एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन् ।

जयपृथ्वी नगरपालिका–७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की घाइते भएकि छन् । उनलाई सोमबार साँझ ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको थियो ।

उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक व्यापकचन्द्र शाहले बताए ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed