पोखरामा मोटरसाइकल दुर्घटनामा परेर कैलालीका दुई युवकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परेर कैलालीका दुई युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-७ बुलौंदी ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

शनिबार बिहान साढे ३ बजे भएको मोटरसाइकल दुर्घटनामा परेर कैलालीको जानकी गाउँपालिका-३ सुवर्णपुरका २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका-९ अमरावतीका शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर सुरेन्द्र बहादुर राना मगरले जानकारी दिए ।

पोखराबाट काठमाडौं तर्फ गइरहेको बागमती प्रदेश ०२ ०३४५६२१ नम्बरको मोटरसाइकल सडकको बीचमा राखिएका डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इन्स्पेक्टर रानाले बताए ।  मोटरसाइकल कसले चलाएको भन्ने खुलिनसकेको उनले जानकारी दिए ।

इन्स्पेक्टर रानाका अनुसार दुर्घटनापछि मोटरसाइकलमा सवार दुबै जनालाई अस्पताल पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र मृतक दुबै जनाको शव गण्डकी मेडिकल कलेजमा राखिएको रानाले जानकारी दिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed