सामुदायिक विद्यालयले निजी विद्यालयको सिको गर्नुपर्छः नगर प्रमुख डगौरा

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ स्थित युनाइटेड एकेडेमी सेकेन्डरी स्कुलले २०औं वार्षिकोत्सब तथा अभिभावक मनाएको छ । विद्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै युनाइटेड एकेडेमीले वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।

एकेडेमीका सञ्चालक समिति अध्यक्ष एवं फाउन्डर सिताराम रिमालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डगौराले युनाइटेड एकेडेमीले टीकापुरको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउदै टीकापुर शैक्षिक नगर भएको र यहाँ सामुदायिक, निजी विद्यालय, क्याम्पसहरु भएकाले शिक्षा क्षेत्रमा अरुभन्दा अगाडी रहेको बताए ।

उनले सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको नतिजा राम्रो रहेको भन्दै सामुदायिक विद्यालयले निजी विद्यालयजस्तो परफरमेन्स गर्न नसकेकोमा गुनासो गरे । निजी क्षेत्रबाट शिक्षामा राम्रो लगानी भएकाले पनि सामुदायिक भन्दा राम्रो नतिजा भएको बताउदै अब सामुदायिक विद्यालयहरुले पनि निजी शिक्षालयको सिको गर्नुपर्ने सुझाव दिए ।

नगर प्रमुख चौधरीले अभिभावकले जुन विद्यालयको नतिजा राम्रो छ त्यहीँ आफ्ना बालबालिकालाई अध्ययन गराउने भएकाले सामुदायिक वा निजी दुबैले गुणस्तरीय शिक्षाका लागि अहोरात्र लागिरहनुपर्ने बताए । टीकापुरको समग्र विकाससँग शिक्षा पनि जोडिएकाले शिक्षा क्षेत्रमा विद्यालयहरुबीच प्रतिस्पर्धा हुनु सकारात्मक भएको दाबी गर्दै सामुदायिक विद्यालयभन्दा निजी विद्यालयले गुणस्तरीय शिक्षा, विद्यार्थी आकर्षण लगायतमा निकै प्रतिस्पर्धा गर्ने गरेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढबिन्द्र रावलले टीकापुरको शैक्षिक विकासमा युनाइटेड एकेडेमीको योगदान सधैं भरी लायक रहेको बताए । विगतमा युनाइटेड एकेडेमीको नजिक रहेर काम गरेको सम्झदै उनले टीकापुरमा उत्कृष्ट विद्यालयको रुपमा चिनिएकोप्रति खुशी व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसका प्रमुख हर्क बहादुर भण्डारीले बालबालिकाको शिक्षामा आमा बुवाको महत्वपूर्ण भुमिका रहने भएकाले आमा साक्षर भएको अवस्थामा बालबालिकाको संस्कार र चालचलन असल रहने बताए । उनले बालबालिका लाई सधैं राम्रो बाटोमा हिडाउन आमाबुवाले शिक्षकको जत्तिकै भुमिका निभाउनुपर्ने बताए ।

शिक्षक अनिता रिमालले स्वागत गरेको कार्यक्रममा एकेडेमीका प्रधानाध्यापक परमेश्वर साहु, विद्यार्थीहरु इसारिका चौधरी, निखिल लुहार, लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक निरु शर्माले गरेकी थिइन ।

वार्षिकोत्सब कार्यक्रमको अवसरमा सोही विद्यालयमा अध्ययन पछि एमबीबीएससम्मको पढाइ सक्काएर हाल माया मेट्रो अस्पताल धनगढीमा कार्यरत डा. स्मारिका उपाध्याय र साथी अस्पताल टीकापुरमा कार्यरत डा. अस्मिता रिमाललाई सम्मानसमेत गरिएको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed