कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर(३ चौराह नजिकबाट र धनगढी उपमहानगरपालिका वडा नम्बर(९ बाङ्ग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७५ हजार ५८० मूल्यको प्याज,चिनी,मिठाई,खुर्सानी,प्लाष्टिक कुर्ची लगायतका सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका(१० बिधुत कार्यालय नजिकबाट भन्सार छलीका १ लाख ११ हजार ६२० मूल्यको चिनी,तेल,सुट,किरानाका सामान,हाडवेयरका सामान लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालयमा बुझाएको बताएको छ ।

पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले दैनिकरुपमा भारतबाट अबैधरुपमा भित्र्याइएका बिभिन्न सामान बरामद गर्दै आएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed