धनगढीबाट भारतको ब्याङ्लोर पठाइएका ७२ जना तीन दिनदेखि बाटोमा अलपत्र

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीबाट भारतको ब्याङ्लोर गएका ७२ जना यात्रु बाटोमा अलपत्र परेका छन् । उनीहरू बिहिवार धनगढीबाट भारतको ब्याङ्लोरका लागि गएका थिए ।

तर, बाटोमा बस बिग्रिएकाले उनीहरू तीन दिनदेखि अलपत्र परेका हुन् । धनगढीको जयराम होटेलबाट रणाशैनी टुर्स एण्ड ट्राभलको टिकट खरिद गरेका उनीहरू बिच बाटोमा अलपत्र परेका छन् । उक्त ट्राभल कम्पनीका प्रतिनिधिले भने श्री केदार मार्फत यात्रुहरूलाई भारत पठाएको बताएका छन् ।

केए ५१ ए ७५७६ नम्बरको जयलक्ष्मीको बसमा प्राविधिक समस्या आएको भन्दै यात्रुहरू अलपत्र पारिएको हो । बस मर्मतको काम जारी हरेको कम्पनीका प्रतिनिधिले बताएका छन् । बसमा प्राविधिक समस्या आएकाले यात्रुहरूलाई समस्या भएको ट्राभल कम्पनीले बताएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed