सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली पुलमाथि ट्रक जल्यो

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली पुलमाथि एक ट्रकमा आगलागी भएको छ ।

आज ९सोमबार० दिउँसो पुलमाथि आगलागी भएको हो । एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ना ५ ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ । ट्रकमा आगलागी भएपछि आगोको लप्का पुलको ट्रस ट्रस बाधिएका तारमा पनि सल्किएको छ ।

आगो लम्की–चुहा नगरपालिकाको दमकलले निभाइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले जानकारी दिए । पुलका तारमा समेत आगो सल्किएकाले निभाउन समय लाग्ने जानकारी पाएको डिएसपी चन्दले बताए । सानो लाइटरहरु बोकेको ट्रक बिरगंजदेखि कञ्चनपुरका लागि छुटेको थियो । आगो लाग्नुको कारण भने खेलेको छैन् ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed