टीकापुरमा लागूऔषधसहित एकजना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका-९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट १ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोसन साउँद सोमवार साँझ पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले साउँदको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको जनाएको छ । यस सम्बन्धमा टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed