नाउपा संघमा प्रतिपक्षमा बस्ने, सुदूरपश्चिममा दलहरुसँग संवाद गर्ने

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघमा सरकारमा सहभागी नहुने भएको छ । जेष्ठ संस्थापक केन्द्रिय सदस्य दामोदर पण्डित संयोजक रहेको वार्ता समितिले उक्त निर्णय गरेको हो ।

पार्टीको संस्थापक केन्द्रिय समितिको दुई तिहाइ बहुमतको निर्णयले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गरिएको संयोजक पण्डितले जानकारी दिए । उनले निर्णय गरेको विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नभएर प्रतिपक्षमा बस्ने र समर्थन पनि नदिने निर्णय भएको जनाएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका विषयमा विभिन्न दलहरुसँग वार्ता समितिले सहकार्य र समन्वय गरि संवाद अघि बढाउने निर्णय भएको छ ।

पार्टीमा अहिले अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी गरि दुई धार देखिएकाले समिति बनाएर निर्णय गरिएको हो । चौधरी सुदूरपश्चिम सरकारमा सहभागी हुने तर केन्द्रमा नहुने पक्षमा देखिएका थिए भने श्रेष्ठ केन्द्रमा नयाँ गठबन्धनलाई समर्थन गर्ने पक्षमा देखिँदा दुई जनाबीच तिब्र मतभेद देखिएको थियो । रेशम चौधरी र रञ्जिता श्रेष्ठ श्रीमान श्रीमतीसमेत हुन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *