कैलालीको टीकापुरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुर स्थित एक घरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको छ । टीकापुर नगरपालिका–१ ब्लक नम्बर–९ स्थित आशिष बजगाईको घरको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा मंगलवार साँझ आगलागी भएको हो ।

आगलागी हुँदा भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन र्‍याक, ग्याँस चुलो, सोफा सेट, एलइडी टिभी लगायतका सामान गरी अन्दाजी ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed