एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउँदै

शेयेर गर्नुहोस

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउँदैछन् । एमाले कञ्चनपुरको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली सुदूरपश्चिम आउने भएका हुन् । महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कञ्चनपुरले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार उनी सवारी विमान काठमाडौँबाट उडेको छ । तर, धनगढी विमानस्थलमा अवतरण भएको छैन ।

ओलीले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ । उनले महाकालीमा निर्माण गरिएको पक्की पुलकोसमेत निरीक्षण गर्ने छन् । ओलीले कञ्चनपुरमा दोधारा चाँदनी नगरपालिका– ६ को वडा कार्यालय उद्घाटन गर्ने छन् । त्यसपछि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ । महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गरेर ओली एमाले जिल्ला अधिवेशन उद्घाटनका लागि संविधानचोक पुग्नेछन् ।

त्यसपछि साँझ ४ बजे शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनी बिहिवार नै काठमाडौँ फर्किने छन् ।

ताजा खबर

amazed