धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका—४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन् । उनीहरू त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो । उनीहरूको स्रोत नखुलेको रकमको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।

ताजा खबर

amazed