भजनीका दुई जना लागूऔषधसहित डोकेबजारबाट पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन । आइतबार साँझ लागूऔषध सहित कैलालीको भजनी नगरपालिका–८ का २३ वर्षिय बिनोद शाह र भजनी नगरपालिका–१ का २२ वर्षिय अर्जुन बिक पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पास अबैध लागू औषध बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed