धनगढीका मेयर गोपाल हमाललाई एक जनाले दिए धम्की, सुरक्षा प्रबन्ध कडा

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई एक जनाले धम्की दिएका छन् ।

मेयर हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । धम्कीपछि मेयर हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको बताए । उनले सो निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए ।

मेयरलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए । धम्की दिने व्यक्ति मटियारको भएको र उनीसँग फोनमा सम्पर्क गरिसकेको एसपी विष्टले जानकारी दिए । उनका अनुसार धम्की दिने रानाले मेयरलाई खबरदार भनेको हो ।

प्रहरीका अनुसार रानाले आफु लम्की पुगेको र आजै प्रहरीमा आउने बताएका छन् । एसपी बिष्टले रानाले लिन आउनु पर्दैन भनेको भए पनि प्रहरीले उच्च निगरानीमा राखेर सुरक्षा प्रबन्ध गरेको जानकारी दिए । धम्की दिनुको कारण भने खुलेको छैन् । धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी एक्सनमै रहेको बताइएको छ ।

ताजा खबर

amazed