कञ्चनपुरमा लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलेन्स टीमले जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट १० दशमलब २ ग्राम लागुऔषधसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार पैदल आउदै गरेको अवस्थामा उत्तराखण्ड प्रदेशको लखिमपुर ग्राम खजुरीया भारतका चौहानलाई पक्राउ गरिएको हो । पाइन्टको गोजीमा पोको पारेको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले बताएको छ । उनलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *