कैलालीमा लागूऔषधसहित डडेल्धुराका दुई युवक पक्राउ

शेयेर गर्नुहोस

धनगढी । डडेल्धुराका दुई युवकसहित तीन जना कैलालीको धनगढीबाट लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने २२ वर्षीय बिक्रम बोहरासहित दुई जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट ५२ ग्राम लागूऔषध (गाँजा)सहित सोही ठाउँ बस्ने ३५ वर्षीय विशाल श्रेष्ठलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई अस्थाई प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट गाँजा फेला पारी पक्राउ गरेको जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *