कैलालीका डीएसपीद्वय चन्द र बरालको सरुवा

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा कार्यरत दुईजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार डीएसपीद्वय कुलदिप चन्द र गणेश बहादुर बरालको सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिंह बोहरा आउने भएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डीएसपी बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा गरिएको छ । उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यररत गंगा बहादर थापा आउने भएका छन् । उनीहरुसँगै प्रहरी प्रधान कार्यालयले बुधबार १४१ डीएसपीको सरुवा गरेको हो ।

ताजा खबर

यस्ता ६ लक्षण देखिए सावधानः मृगौला फेल हुने संकेत हुन्

शास्त्र अनुसार बुधबार यी कार्य गर्दा मिल्छ शुभफल

कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

कैलालीबाट अफिमसहित ३ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *