शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरमा डिजेसहित ३ लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट ३ लाख ७ हजार ३७४ मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।
भीमदत्त नगरपालिका–१० तुम्नाडीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १२ मूल्यको डिजे, बेलौरी नगरपालिका–६ भुराकोटबाट ६० हजार मूल्य बराबरको प्याज, ४ थान साइकल बरामद गरिएको प्रहरीले बताएको छ ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–७ कंजभोजबाट अन्दाजी ६ हजार मूल्यको ब्रोइलर कुखुरा र पुनर्वास नगरपालिका–१० अमरबस्ती, पुनर्वास–११ गुम्बाबाट अन्दाजी ७६ हजार ८०० मूल्यको बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, लेडिज सुट बुधवारर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै, भीमदत्त नगरपालिका–१८ गल्लि नम्बर ४ बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ५२ हजार ५७४ मूल्यको हार्डवेयरका समान, पंखाको व्यारिङ, पंखाको सेल, मोटर क्वाइल, स्माट वाच सानो ठुलो, नट बोल्ट, लगायतका सामानसहित भीमदत्त–१५ बस्ने ३२ वर्षीय भुवन लुहारलाई बुधबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।















