शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढीबाट कृते र चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका धनगढी वडा नम्बर ८ का बसन्त राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएकी धनगढी वडा नम्बर १ का विष्णु गोतामे रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए । कैलालीअदालतको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका थिए ।















