सुदूरपश्चिमका प्रहरी जवान जोशी मृत फेला

शेयेर गर्नुहोस


काठमाडौं । काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन् । (बिहीबार) काठमाडौंमा प्रहरी जवान प्रकाशचन्द्र जोशी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी काठमाडौंमै कार्यरत थिए। यता, प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले भने मृत्युको ठ्याक्कै कारण नखुलेको र आन्तरिक पारिवारिक कुरा भएकाले खुलाउन नमिल्ने जानकारी दिए ।

मृतक जवानको स्थायी घर सुदूरपश्चिमको बझाङ भएको बुझिएको छ । अन्दाजी २९ वर्षीय जवान जोशीले केही समय अगाडी दोस्रो विवाहसमेत गरेको बताइएको छ । बहुविवाहकै कारण उनी समस्यामा परेको स्रोतको बुझाई छ । तर यसमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed