चुकुन्दर खानुका यस्ता छन् फाइदा, जानी राखौं

शेयेर गर्नुहोस

एजेन्सी । तपाईं स्वस्थ रहनका लागि विभिन्न फलफूलको सेवन गर्ने गर्नुहुन्छ । तर, कुन फलफूलको सेवनले कस्तो फाइदा हुन्छ भन्नेबारे तपाईंलाई थाहा नहुन सक्छ । दैनिक रुपले सेवन गर्ने फलफूलमध्यको एक हो चुकुन्दर, यसलाई अंग्रेजीमा बीटरुट पनि भन्ने गरिन्छ । चुकुन्दरको सेवन सलाद वा जुसको रुपमा गर्न सकिन्छ ।

यसको नियमित सेवनले तपाईंलाई कस्तो फाइदा हुन्छ, जानौं
चुकुन्दरको सेवनले हेमोग्लोबीनको मात्रा बढ्छ । चुकुन्दरमा पर्याप्त मात्रामा भिटामिन, मिनरल, पोटासियम, नाइट्रेट र फोलेट पाइन्छ ।
चुकुन्दरको जुसको सेवनले मुटुसँग सम्बन्धीत रोगको खतरा कम हुन्छ । यसमा पाइने नाइट्रेटले रक्तचाप कम गर्छ र हर्ट फेलियर, स्ट्रोकबाट जोगाउँछ ।
चुकुन्दरले मस्तिष्कको गतिविधिलाई राम्रो बनाउँछ । यसमा आइरनको मात्रा भरपूर हुन्छ । जसले एनिमिया अर्थात् रक्तअल्पत्ता र डिमेन्सियाको जोखिममा राहत गर्छ ।
चुकुन्दरको एन्टीअक्सिडेन्ट, एन्टी इन्फामेटरी प्रोपर्टी र न्यूट्रिसनल कन्टेन्ट क्यान्सरको उपचारमा निकै नै फाइदाजनक हुन्छ ।
चुकुन्दरले शरीरमा रगतको बहाव र स्टेमिनालाई बढाउँछ । यसलाई प्रि वर्कआउट ड्रिंक पनि मानिन्छ ।
चुकुन्दरमा कुनैपनि प्रकारको क्यालोरी हुँदैन । यो हेल्दी बडी वेटलाई नियन्त्रण गर्नमा मद्दत गर्छ ।
चुकुन्दरले रगतलाई प्राकृतिक तरिकाले सफा गर्ने काम गर्छ । यसको सेवनले छालामा ग्लो ल्याउने काम पनि गछृ । यसले पिम्पल र मुखमा आउने घाउ खटिराबाट पनि जोगाउँछ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *