कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका एक युवाको खोजी कार्य जारी

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानी स्थित कर्णाली पुलबाट सोमबार हामफाल्दा बेपत्ता भएका एक युवाको खोजी कार्य जारी छ । सोमवार दिउँसो १७ जना युवाले पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए ।

तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् । पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरुले एकपछि अर्को गरी क्रमशः हाम फालेका थिए । प्रहरीले रोक्ने प्रयास गर्दा पनि नमानेर हाम फालेको जनाइएको छ । नशाको तालमा युवाहरुले नदीमा हाम फालेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरी प्रमुख पदम विष्टले बताएका छन् । उनको खोजीका लागि गोताखोर परिचाललन गरिएको जनाइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *