शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा गाडीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिका-५.पथरैया, कर्णाली क्रसर उद्योग नजिक एक जना पुरुषको गाडीको ठक्करले ज्यान गएको हो ।
प्रहरीका अनुसार ठक्करबाट ज्यान गएको मृतकको टाउको पुरै क्षत बिक्षत भएको छ भने दाँया खुट्टाको घुंडा मुनीको पुरै भाग छिलीएको अवस्थामा छ ।
ठक्कर के बाट भएको भन्ने अहिलेसम्म पत्ता लागिनसकेको जनाउदै लोड मालबाहक सवारीसाधनले पैदलयात्रीलाई ठक्कर दिएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीको भनाई छ ।
त्यस्तै मृतक पुरुषको पहिचान खुल्न सकेको छैन । मृतकको साथमा सानो हेन्ड बेग र एनड्रोइड मोबाइल रहेको भएता पनी लक गरिएकाले पहिचान खुल्न नसकेको हो ।















