शेयेर गर्नुहोस
धनगढी । कैलालीमा चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय उमेशसिंह धामी शनिवार पक्राउ परेका हुन् ।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएकोमा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।















