शेयेर गर्नुहोस
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । इलाम–२ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् ।
महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा–१ बाट निर्वाचित सांसद हुन् भने बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित सांसद हुन् ।















