धनगढीमा रेशम चौधरी पक्षीय सांसदहरुबीच छलफल सुरु

शेयेर गर्नुहोस

धनगढी । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै त्यसको असर प्रदेशलाइ परेको छ ।

नयाँ समीकरण बनेपछि सुदूरपश्चिममा सरकार गठन अन्योलमा परेको हो । फागुन तेस्रो साता कांग्रेससहितको गठबन्धन भत्किएपछि फेरि एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको नयाँ समीकरणको सरकार बन्न पुगेको हो । गत वर्ष एमाले दुई महिनामै संघ र प्रदेश सरकारबाट बाहिरिनु परेको थियो ।

सुदूरपश्चिममा कमलबहादुर शाह सरकार जोखिममा परेपछि मुख्यमन्त्री पदबाटै राजीनामा दिनु परेको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी छन् । उनले कैलाश चौधरीलाई दल नेता तोकेकी छन् । त्यस्तै उनले सभामुखलाई पत्र लेखेपछि इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

अध्यक्ष श्रेष्ठ र उनका पति एबं पार्टी संरक्षक रेशम चौधरीको विवादका कारण नयाँ समीकरण अनुसार सरकार गठन हुन सकेको छैन । रञ्जिता नयाँ सत्ता समीकरणमा सहभागी हुन चाहन्छिन् तर रेशम सुदूरपश्चिममा कांग्रेससित मिलेर सरकार बनाउने पक्षमा छन् । जसका कारण सत्ता गठबन्धनले नयाँ सरकार बनाउन सकेको छैन ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ । एक मन्त्रीको सरकारी निवासमा रेशम चौधरीसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन् । छलफलमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता धर्म चौधरी पनि उपस्थित छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्तिभित्र विवाद कायमै छ । रेशम काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ सत्ता गठबन्धनसँग रहने गरी छलफल सुरु गरेकी छन् । सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको छ । आज (बुधबार) यी सबै विषयमा साझा धारणा बनाउने गरी छलफल अगाडी बढेको बताइएको छ ।

ताजा खबर

amazed