हङकङमा आवासीय भवनमा आगलागी हुँदा ५ जनाको मृत्यु

शेयेर गर्नुहोस

एजेन्सी । हङकङमा मानिसको बसोबास ज्यादै भएको एक बहुतले आवासीय भवनमा आगलागी भएको छ । बुधबार कोलूल जिल्लाको व्यस्त क्षेत्रमा रहेको १६ तले भवनमा आगो लाग्दा ५ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य ३५ जना घाइते भएको त्यहाँको अस्पताल प्राधिकरण र अग्नि सेवा विभागले बताएको हो ।

भवनभित्रका मानिसहरू तौलिया हल्लाउँदै उद्धारका लागि याचना गरिरहेको देखिएका थिए । भवनमा रहेको एउटा जिमबाट आगलागी शुरु भएको बताइएको छ । भवनबाट करिब १५० जनालाई सुरक्षित निकालिएको नगर सरकारले भनेको छ ।

४० जनालाई भने अस्पताल पठाइएको थियो । बिहान ८ः५४ बजेसम्म आगो नियन्त्रण गरेको बताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

ताजा खबर

कर्णाली नदीमा नुहाउने क्रममा मोहन्यालका शाही बेपत्ता

वैदेशिक रोजगारी ठगीको आरोपमा जानकीका आचार्य पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

हिरोले भन्दा बढी पारिश्रमिक लिएका भिलेनहरू

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *