कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुर बस्ने अन्दाजी ६० वर्षीया अहिलादेवी विष्टको बिहीवार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी हिजो बुधवार दिउँसो आफ्नै घर नजिकको कुसुमको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed