एकीकृत समाजवादीले बझाङमा गरिमा र इलाममा झलनाथलाई उपनिर्वाचन कमान्डर तोक्यो

शेयेर गर्नुहोस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई जिम्मेवारी तोकिएको हो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको छ । चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

ताजा खबर

मधुमेहका बिरामीले भुलेर पनि खान नहुने ६ कुराहरू

काजोलले रेस्टुरेन्टमा फ्यानलाई गरिन् दुर्व्यवहार

पंन्चे बाजाका कलाकारलाई झकुला र साउनाई वितरण

असारमा पुग्यो ‘दान्भी’

कर्णालीमा नुहाउन गएका एक जना बेपत्ता

amazed