सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्तिकै कैलाशको पनि दाबी पेस

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गरेका छन् । केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतवार मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो । तर, नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षीय लक्ष्मण किशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

यता, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीको विधान दर्ता नभएको लगायतका कारण देखाउदै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । कैलाशको पक्षमा माओवादीका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

ताजा खबर

मधुमेहका बिरामीले भुलेर पनि खान नहुने ६ कुराहरू

काजोलले रेस्टुरेन्टमा फ्यानलाई गरिन् दुर्व्यवहार

पंन्चे बाजाका कलाकारलाई झकुला र साउनाई वितरण

असारमा पुग्यो ‘दान्भी’

कर्णालीमा नुहाउन गएका एक जना बेपत्ता

amazed