सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेश गर्दै

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गर्ने भएका छन् । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको पद नागरिक उन्मुक्ति पार्टीले पाउने औपचारिक सहमति भएसँगै कैलाश चौधरीले दाबी पेस गर्ने भएका हुन ।

बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । उनले भने, ‘बैठक सकिएको छ । नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीको पद पाउने औपचारिक सहमति भएको छ । अध्यक्ष ज्यू विमानस्थल आउदै हुुनुहुन्छ । धनगढी जाने हो । कैलाश जीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु हुन्छ ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो । आइतवार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिने नागरिक उन्मुक्ति पार्टीले बताएको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed