शेयेर गर्नुहोस
धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट, बालुवाघाटबाट र गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५८ हजार ५९० मूल्यको सामान बरामद गरिएको हो ।
उक्त मूल्यको प्याज, गुट्खा, पास्ता, लेडिज कुर्ती, सुपारी, चकलेट लगायतका सामान मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।















