भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

शेयेर गर्नुहोस

धनगढी । कैलालीको भजनी नगरपालिकामा सामुदायिक विद्यालयहरूको कक्षा ८ (आधारभूत तह) को नतिजा निराशाजनक देखिएको छ । सो पालिकामा २०८० सालको नतिजा विगत वर्षको तुलनामा निराशाजनक देखिएको हो ।

यस नगरपालिकामा २३ विद्यालयबाट जम्मा ७८९ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये १८९ जना (२३.९५ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दुई विद्यालय शून्य भएका छन् । अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये छ सय विद्यार्थीले कक्षा ८ पास गर्न सकेनन् । फेल भएकामध्ये १४४ जनाले ग्रेड वृद्धिको अवसर पाएका छन् । नगरपालिकाको कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पचमुडियाबाट ४८ विद्यार्थी परीक्षामा सहभागी भएकामा कोही पनि पास हुन सकेनन् ।

यस्तै महेन्द्र माध्यमिक विद्यालय पगियापसारबाट ४१ विद्यार्थीले परीक्षा दिएकामा नतिजा शून्य आएको छ । दुर्गा मावि कुसुमघाट, नवज्योति आधारभूत विद्यालय बिजुलिया, शिव आवि छछरहुवा, त्रिपुरासुन्दरी आवि कृष्णनगरका एक एक जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । राष्ट्रिय मावि ढुसीका दुई विद्यार्थी, जनजागृति आवि थापापुरका तीन, भीमसेन बाबा भजनीका तीन, कनरा आवि कुँडीका चार, मल्टिपल भजनीका चार, कृष्णध्वजचन्द मावि गोडचौराका पाँच, राष्ट्रिय मावि महादेउलीका पाँच विद्यार्थी पास भएका छन् ।

त्यस्तै राष्ट्रिय मावि खैलाडबका छ, कालिका आवि झलझलियाका सात, महुन्याल मावि भजनीका सात, कल्पवृक्ष भजनीका नौ, केदारेश्वर आविका नौ विद्यार्थी उत्तीर्ण भएका छन् । भानु मेमोरियल भजनीका १०, सरस्वती मावि नवलपुरका ११ र राष्ट्रिय मावि पल्टुपुरका १२ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै अन्य विद्यालयको नतिजा पनि शतप्रतिशत देखिएको छैन । कक्षा ८ को परीक्षा नतिजा निराशाजनक देखिएपछि भजनी नगरपालिकाको विद्यालय र शिक्षकको आलोचना भएको छ ।

ताजा खबर

कञ्चनपुरमा ८८ लाख बराबरका भन्सार छलीका सामान नियन्त्रणमा

वनमा लागेको आगोले गाईगोठमा आगलागी

अतिक्रमणमा परेको पुरैना ताल पुनर्निर्माण गरिने

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुरमा ७ लाख भन्दा बढीका अबैध सामान बरामद

amazed