भरुवा बन्दुकसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

नवलपरासी । नवलपरासीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको बिनयी त्रिबेणी गाउँपालिका–सुनइका ३६ वर्षीय तारा बहादुर चिडी रहेको प्रहरीले जनाएको छ । उनलाइ भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

amazed